२० मंसिर २०८२, शनिबार | December 6, 2025

डिशहोम फाइबरनेट सेवा दाङको तुलसीपुर विस्तार



काठमाडौं । दाङको तुलसीपुरमा डिशहोम फाइबरनेट सेवा सुरु भएको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोमले पछिल्लो पटक तुलसीपुरमा फाइवरनेट सेवाको सुरुवात गरेको हो । डिशहोमले छिटै नेपालका अन्य स्थानमा पनि सेवा विस्तार गर्ने जनाएको छ ।

तुलसीपुरबासीलाई उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले सेवा विस्तार गरिएको डिशहोम फाइवर नेटले जनाएको छ ।

ग्राहककले चाहेको उच्चगतिको इन्टरनेटको मागलाई मध्यनजर गरी डिशहोमले सन् २०२० बाट फाइवरनेट सुरु गरेको थियो । प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेतसहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि ६०० एमबीपीएस सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ३ : ५२ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल