१६ बैशाख २०८१, आइतबार | April 28, 2024

डब्ल्युएचओका महानिर्देशकद्वारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अवलोकन गरेका छन् ।

प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताका अनुसार डब्ल्युएचओका महानिर्देशक टेड्रोसले जीन सिक्वेन्सिङ प्रयोगशालाको र पिसिआर मेसिनको अवलोकन गर्नु भएको बताउनुभयो । डब्लुएचओको सहयोगमा जीन सिक्वेन्सिङ प्रयोगशालाको स्थापना गरिएको थियो ।

जीन सिक्वेन्सिङ प्रयोगशालाको नेपालमा नै स्थापना गरेपछि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि विदेश पठाउनु पर्ने वाध्यता हटेको छ । यसअघि कोरोना भाइरसको जीन सिक्वेन्सिङ गर्नका लागि थाइल्याण्ड, हङकङ, भारतलगायत देशमा लैजानुपर्ने थियो ।

उनले आजै नै टाइफाइड विरुद्धको खोप अभियानको ललितपुरस्थित पाटन माध्यमिक पुगेर अवलोकन गरे भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गरेका छन् । उनी भोलि वैशाख १० गते फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ८ : ४० बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश