२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाँच सदस्यीय अमेरिकी सांसदको टोली काठमाडौंमा



काठमाडौं । अमेरिकी पाँच सदस्यीय सांसदको टोली नेपाल आइपुगेको छ ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वको टोली तीन दिने भ्रमणका लागि शुक्रबार बेलुकी काठमाडौं आइपुगेको हो ।

नेपाल अमेरिका सम्बन्ध, युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न अमेरिकी सांसदको टोली नेपालमा आएको हो । क्रिस्टन जिलिब्रान्डसहित सेनेटरहरु, शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली, मोन्डेयर जोन्स रहेका छन् ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त टोली र परराष्ट्र मन्त्री नारायण खड्काबीच शनिबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता हुने छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : १७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय