२२ बैशाख २०८१, शनिबार | May 5, 2024

शल्यचिकित्सासम्बन्धी उद्योग स्थापना गर्न सघाउन डब्लुएचओलाई सरकारको आग्रह



काठमाडौं । सरकारले शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्नका लागि सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) समक्ष प्रस्ताव पेश गरेको छ ।

नेपाल भ्रमणमा आएको विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस नेतृत्वको टोलीसँगको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य चिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापनाका लागि सहयोग गर्न प्रश्ताव गरेको हो । आईतवार डा. टेड्रोस नेतृत्वको टोलीको नेपाल भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले अत्यावश्यक औषधिको उत्पादन नेपालमै गर्ने र त्यसका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गर्नुपर्ने प्रश्ताव राखिएको बताए । भेटका अवसरमा डा. टेड्रोसले कोभिड १९ प्रतिकार्यका लागि निःशुल्क तथा समतामूलक खोप उपलब्धता तथा निःशुल्क कोभिड १९ परीक्षण, कोभिड १९ का केसहरुको निःशुल्क उपचार तथा व्यवस्थापनका लागि गरेका प्रयासहरुको प्रसंशा गर्दै त्यसबाट विश्वका अन्य देशहरुले पनि सिक्नुपर्ने धारणा राखेको पनि उनले बताए । स्वास्थ्यमन्त्री खतिवडाका अनुसार डा. टेड्रोसले नेपालमा हाल सफलतापूर्वक सम्पन्न भइरहेको टाईफाईड खोप अभियानको पनि प्रसंशा गरेका थिए भने नेपालमा अत्याधुनिक आनुवंशिक प्रयोगशालाको विकास गर्न उपकरण तथा प्रशिक्षणमा सहयोग गर्ने इच्छा पनि व्यक्त गरेका थिए ।

मन्त्री खतिवडाले भने, ‘नेपालमा बाल तथा स्त्री रोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य संगठनको दक्षिणीपूर्वी एशियाली क्षेत्रीय केन्द्रका रुपमा विकास गर्न, अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धि स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरुलाई अवसर तथा क्षमताका विकासका लागि विश्व स्वास्थ्य संगठनबाट मददतको लागि प्रश्ताव गरिएको छ ।’

भ्रमण टोलीमा रहेकी विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशीयाका लागि क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा छुट्टयाएको बजेट दक्षिणपूर्वी एशियाली देशहरु मध्येमा नै धेरै भएको भन्दै खुशी व्यक्त गर्नुभएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्री खतिवडाले भेटमा डा. सिंहले स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद गर्न र उत्पादनको वातावरण बनाउन जोड गर्न नेपाल सरकारलाई आग्रह गरेको पनि जानकारी दिए ।

उनले भने, ‘नेपालमा स्वास्थ्य क्षेत्रका लागि छुट्टयाइएको बजेट जुन दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुमध्येकै धेरै रहेको कुराबाट आफू प्रभावित भएको छु । र म नेपालमा स्वास्थ्य उपचार लागत कम गर्न सस्तो औषधि खरिद तथा उत्पादनको वातावरण बनाउन जोड दिनुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।

डा. टेड्रोस नेतृत्वको टोलीले यही वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिने नेपाल भ्रमण सम्पन्न गरेको थियो । मन्त्री खतिवडाले सो टोलीको नेपाल भ्रमण फलदायी रहेको बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : ०९ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै