बुटवल । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन लक्षित पाच दलका केन्द्रिय नेताहरुले गठबन्धनमार्फत टुगो लगाएको स्थानिय तहका उम्मेदबारीको देशभर विरोध भएको छ ।
स्थानिय पार्टीका नेता, कार्यकर्ता यो गठबन्धनबाट सन्तुष्ट छैनन । धेरै ठाउमा गठबन्धनको बिरोध गर्दै पार्टीबाट राजीनामा दिने लहर चलेको छ । देशकै राजनीतिको केन्द्र मानिने रुपन्देहीमा गठबन्धन पार्टीमा बिबाद उत्पन्न भईरहेको छ ।
मनोनयन दर्ताको पहिलो दिन आईतबार अबेर नेपाली काग्रेस पार्टी, वडा नंं. ३ का १ सय ५ विभिन्न पार्टीका पदाधिकारी तथा सदस्यहरुले राजीनामा दिएका छन । केन्द्रको भागबन्डाको क्रममा सो वडामा एकिकृत नेकपा माओबादीका बिष्णु ढकाललाई वडाअध्यक्ष दिने भएको भन्दै यसको विरोधमा स्थानिय काग्रेसका सक्रिय पदाधिकारी तथा सदस्य कार्यकर्ताहरुले राजीनामा दिएका हुन ।
वडामा बलियो उम्मेरबार मानिएका नेपाली काग्रेस पार्टीका आनन्द भगत श्रेष्ठलाई पाखा लगाउदै गठबन्धनको नाममा अन्य पार्टीको उम्मेदबारलाई आफुहरुले भोट नहाल्ने उनिहरुको तर्क छ ।
सामुहिक राजिनामा दिनेहरुमा क्षेत्रिय प्रतिनिधि प्रकाश गुरुङ, मनोज श्रेष्ठ, वडा सचिव अमृत खड्का, सहसचिव राजकुमार थापा लगायतका युवाहरु रहेका छन । यसअघि पनि क्षेत्रिय सभापतिसहित धेरैले राजीनामा दिएका थिए ।



















प्रतिक्रिया