बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकामा उम्मेदवारी दर्ता गराउनेहरुको भिड बढ्दै गएको छ । मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमाले सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन कार्यालय पुग्ने क्रम जारी छ ।
आज बिहानै राप्रपाका तर्फबाट सञ्चार उद्देमी मृगेन्द्र शेरचनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने राप्रपाबाटै भगवती पाण्डे(सैजु)को उपमेयरमा उम्मेदवारी परेको छ ।
मध्यदिउँसो नेपाली कांग्रेसको तर्फबाट खेलराज पोण्डे र एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका छन् । बुटवलको बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरुको जुलुस सहित पाण्डे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।



















प्रतिक्रिया