७ पुस २०८२, सोमबार | December 22, 2025

बुटवल उपमहानगरमा कांग्रेसबाट खेलराज पाण्डेको उम्मेदवारी दर्ता (फोटो फिचर)



बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेको मनोनयन दर्ता भएको छ । ध्वजापटाका र भण्डा सहित निर्वाचन कार्यालय पुगेरे सभापति पाण्डेले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

बुटवल स्थित बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरु अमरपथ, हाटबजारलाईन हुँदै नगरपालिकमा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेको थियो । कांग्रेसको जुलुसमा उम्मेदवारी दर्ता गराउनेहरुको भिड बढ्दै गएको छ । मनोनयन दर्ता गर्ने अन्तिम दिन गठबन्धन तथा नेकपा एमाले सहित अन्य दलहरु र स्वतन्त्र उम्मेदवारहरु निर्वाचन कार्यालय पुग्ने क्रम जारी छ ।

आज बिहानै राप्रपाका तर्फबाट सञ्चार उद्देमी मृगेन्द्र शेरचनले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने राप्रपाबाटै भगवती पाण्डे(सैजु)को उपमेयरमा उम्मेदवारी परेको छ ।

मध्यदिउँसो नेपाली कांग्रेसको तर्फबाट खेलराज पोण्डे र एकीकृत समाजवादीबाट चिनबहादुर गुरुङ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका छन् । बुटवलको बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरुको जुलुस सहित पाण्डे उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : २२ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि