२९ भदौ २०८३, सोमबार | September 15, 2026

सेयर बजारमा १५ अंकको गिरावट



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंकको गिरावट भइ दुई हजार तीन सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।

आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो । यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी आउनु लगानीकर्ता यो मूल्यभन्दा तल सेयर बेच्न तयार छैनन् भनेर बुझिन्छ। आज दुई सय २८ वटा कम्पनीको २५ हजार सात सय ६६ वटा कारोबार हुँदा जम्मा एक अर्ब बराबरको कारोबार भएको छ । मंगलबार दुई सय २८ कम्पनीमध्ये एक सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् ।
आज अत्याधिक कमाउनेमध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार नौ सय ४४ दशमलव चार रुपैयाँमा कारोबार गर्न सफल भएको छ।

यसैगरी, ५२ रुपैयाँ बढेर किसान लघुवित्त एक हजार तीन सय ४७ स्पैयाँमा, २६ दशमलब सात रुपैयाँ बढेर ११९२ रुपैयाँमा, र साधारण लघुवित्त ४६ रुपैयाँ बढेर १२ सय २८ मा अन्तिम कारोबार भएको छ । सबै उपसमूह आज रातो हुँदा म्यानूफेक्चर इन्डेक्स भने सून्य दशमलव २९ प्रतिशतले बढेको छ ।

अत्याधिक गुमाउनेमध्ये हिमालयन पावर २४ रुपैयाँ घटेर चार सय २० मा, मल्टीपर्पस फाइनन्स १८ रुपैयाँ घटेर तीन सय ४० मा, यूनाइटेड इद मार्दी ३६ अंक घटेर आठ सय ५९ मा, महुली लघुवित्त ५० रुपैयाँ घटेर १२ सया ९० मा र सामुदायिक लघुवित्त ४६ रुपैयाँ घटेर १३ सय १० मा अन्तिम कारोबार भएको छ।

सर्वाधिक कारोबर हुनेमध्ये सिद्धर्थ बैंकको चार करोड २१ लाख बराबरको, अपीपाबर चार करोड ६ लाख बराबरको र नेस्डो लघुवित्त तीन करोड पाँच लाख बराबरको कारोबार भएको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ४ : २५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ