७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको बुटवल वडा नम्बर ७ मा चुनावी भेला, खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता



बुटवल । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा टोलटोलमा प्रचार अभियानलाई तिब्र बनाइएको छ। दलहरु आफ्नो उम्मेदवारहरु लिएर मतदाताका घर आगनमा पुग्न थालेका छन् । सोही क्रममा निर्वाचन लक्षित गरी नेकपा एमालेको बुटवल उपमहानगरपालिका वडा नं ७ को वडा भेला सम्पन्न भएको छ।

भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरका प्रमुख शिवराज सुबेदीले अहिलेको आवश्यकता भनेको नेकपा एमाले भएको बताए । सुबेदीले महिला शशक्तिकरण को कुरा गर्ने गठबन्धनले बुटवलमा महिला उम्मेदवार बनाउन नसकेको उल्लेख गर्दै गठबन्धनका नाममा महिलालाई पछि पारिएको आरोप लगाए । उनले वडा नं ७मा वडा अध्यक्ष पदमा नेकपा एमालेबाट महिला उमेदवार रहेको ‌बताए। वडा नं ७मा नेकपा एमालेका योग्य र सक्षम उमेदवार रहेको बताउदै सुबेदीले वडा बासीलाई नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

वडा अध्यक्षकी उम्मेदवार सीता थापाले वडा नम्बर ७ बासीले भोग्नु परेको खानेपानीको समस्या समाधान गर्ने आफ्नो प्रयास रहने बताइन् । वडा कमिटी उपाध्यक्ष निर्मल शर्माले‌ वडा नं ७ का वडाबासीका समस्या पहिचान र समाधान गर्न सक्षम उमेदवारहरु रहेकाले निर्धक्क भएर नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे।

नेकपा एमाले वडा नं ७का वडा अध्यक्ष बसुन्धरा भुषालको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति संयोजक एकराज बिक ,राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य धनी आले, एमाले उपमहानगर इन्चार्ज ऋषिराम पाण्डे, लगायतले एमालेको जीत सुनिश्चित रहेको बताएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ९ : ४७ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने