२९ भदौ २०८३, सोमबार | September 14, 2026

नबिल बैंकले पायो ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड



काठमाडौ ।  नबिल बैंकले ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड प्राप्त गरेको छ ।

मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।

बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।

उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।

कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई ‘नेश्नल अवार्ड एचआर एक्सेलेन्स’ अवार्ड दिने निर्णय गरेको हो ।

बैंकमा कर्मचारीहरुको कार्यसम्पादनका साथै उनीहरुको बैंकप्रतिको विश्वास र अनुभवको आधारमा साथै मानव संसाधनलाई बैंकले व्यापक उपयोग गरेको आधारमा अवार्ड दिने निर्णय भएको हो ।

बैंकको वर्किङ कल्चर, सेवा सुविधा र उत्प्रेरणाका हिसाबले देशभरका शाखामा कार्यरत कर्मचारीहरु बैंकप्रति सन्तुष्ट रहेका छन् । कोरोना कहरका बीच पनि नबिल बैंकले स्वास्थ्य मापदण्डको दायारा भित्र कर्मचारी ब्यवस्थापन गरिएको थियो ।

 

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ०५ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला