२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कृषि उत्पादनबाट राष्ट्रको भविश्य छैन : युवा अर्थशास्त्री विज्ञानबावु रेग्मी



बुटवल । युवा अर्थशास्त्री विज्ञानबावु रेग्मीले कृषि उत्पादनबाट राष्ट्रको भविश्य नरहेको बताएका छन् । प्रेस चौतारी नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थशास्त्री रेग्मीले कृषिबाट राष्ट्रको भविश्य नकोरिने दाबी गरे ।

उनले कृषिले केहि समय आत्मनिर्भर बनाउन सकेपनि भविश्य सुनिश्चित गर्न नसक्ने बताउँदै कृषिलाई उत्पादन तर्फ रुपान्तरण गर्दै लैजानुपर्ने बताए । उनले नेपालको अर्थतन्त्र अहिले नै श्रीलंका जस्तो नभएको उल्लेख गर्दै अर्थतन्त्रको अराजकता कायम रहे श्रीलंकाको बाटोमा मुलुक जान सक्ने चेतावनी दिए ।

अर्थशास्त्री रेग्मीले अर्थमन्त्रीले गभर्नर हटाउनु गलत भएको टिप्पणी गर्दै मौद्रीक क्षत्रमा सरकारको हस्तक्षपले अराजकता उत्पन्न हुने बताए । उनले गठबन्धनसँग देश बनाउने स्पष्ट योजना नरहेपनि एमालेले भने समृद्दीको नारा नछाडेको बताए ।

अक्सफार्ड कलेज अमेरिकाबाट स्नाकोत्तर गरेर नेपाल फर्केका रेग्मीले आफु अमेरिका छंदा नै बुटवलको आर्थिक गतिबिधिको चर्चा सुनेका कारण बुटवललाई नजिकबाट बुझ्न आएको जनाए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १ : ११ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका