१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बहुमत ल्याउन गठबन्धन गरेको हो : कांग्रेसका नेता पौडेल



तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न निर्देशन दिएका छन् । आइतबार गृह जिल्ला तनहुँमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे । ‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्ध गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।

गठबन्धन विरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्ध अरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

ुदेशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ,’ उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।

यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनको तयारी गरिरहेका छन्मा ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ३ : ४६ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र