१९ बैशाख २०८३, शनिबार | May 2, 2026

भातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन



काठमाडौं । स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनको बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् ।

कांग्रेको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन रोकिने भएको छ । पार्टी आबद्ध भ्रातृ संघ र शुभेच्छुक संंस्थाहरूलाई अब स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएलगत्तै आ–आफ्नो कार्यसमितिको बैठक बसी अधिवेशनरमहाधिवेशनको कार्यतालिका यथाशिघ्र तय गर्न समेत निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन सक्रिय रहन समेत सबै भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरूलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : ५६ बजे

रोल्पा जीप दुर्घटनाको ३ दिनपछि सरकार – सडक सुरक्षा प्रणाली सुधार्ने प्रतिबद्धता

काठमाडौं । सरकारले देशभरका सडक सुरक्षा प्रणालीमा नीतिगत एवं संरचनागत

नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन

‘ज्ञानको अहंकार’ नदेखाउन प्रधानमन्त्रीलाई रक्षा बमको सुझाव

काठमाडौं । जेन–जी अगुवा रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहलाई जनताको

जैविक मार्ग धमाधम संरक्षण हुँदै

नेपालगन्ज । वन क्षेत्रमा बढ्दै गएको अतिक्रमणले सङ्कटमा परेको बाँकेस्थित

रास्वपा सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि सचिवालय बैठक आह्वान