१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

तिलोत्तमामा बिहीबार कांग्रेस-माओवादी गठबन्धनको आमसभा



तिलोत्तमा । सत्ता गठबन्धनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबार बृहत आमसभा गर्ने भएको छ । तिलोत्तमाको मणिग्रमा(प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको सत्ता गठबन्धनको तिलोत्तमामा कांग्रेस नेता हरिलाल पाण्डेले जानकारी दिए ।

गठबन्धनको तर्फबाट आयोजना गरिने आमसभा भनिएपनि सभालाई कांग्रेस र माओवादी नेताहरुले मात्र सम्बोधन गर्ने बताइएको छ । तिलोत्तमामा कांग्रेस र माओवादीकाबीचमा मात्र तालमेल भएको छ भने गठबन्धनका अन्य उम्मेदवारहरु छुट्टै चुनावमा सहभागी छन् ।

आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय सदस्य बामदेब क्षेत्रीले सम्बोधन गर्ने तय भएको नेपाली कांग्रेसका तिलोत्तमा नगरसमिति सभापति पाण्डेले बताए ।

तिलोत्तमामा गठबन्धनबाट मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओबादीका हेमराज पाण्डे(हेमन्त) उम्मेद्वार छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ३८ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर