२४ मंसिर २०८२, बुधबार | December 10, 2025

केपी ओलीबाट लोकतन्त्र बच्दैन : जसपा नेता श्रेष्ठ



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट लोकतन्त्रको सुरक्षा हुन नसक्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनले आज शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले ओलीबाट लोकतन्त्र खतरामा परेको बताए ।

‘उखान टुक्का सुनेर, राम्र राम्रा हास्य व्यङ्ग्य सुनेर स्थानीय निर्वाचनमा केपी ओलीको पार्टीलाई बहुमत दिलाए, संसदीय चुनावमा पनि बहुमत दिए, तर के भयो देख्यौं,’ श्रेष्ठले भने, ‘केपी ओलीबाट लोकतन्त्र बच्दैन ।’

उनले सम्बोधनका क्रममा ओलीलाई थारो गाईको संज्ञा दिए । उनले भने, ‘अब केपी ओली आयो लोकतन्त्र बचाउला भनेर दाना खुवाएको छ । बेत लाग्ने गाई भए पो व्याउँथ्यो, थारो गाई के ब्याउँथ्यो ।’

ओलीलाई लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिनु मकैबारीमा बादरलाई कुरुवा राखे जस्तै भएको उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : २१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल