२८ असार २०८३, आइतबार | July 12, 2026

गुल्मीदरबारमा कांग्रेसले किल्ला जोगायो : चार वडा सहित अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी



गुल्मी । गुल्मीमा रेसुङ्गा नगरपालिका पछि अर्को पालिकामा पनि काँग्रेसकै उम्मेदवारहरु विजयी भएका छन् । गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेसले जितेको छ ।

पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेंगा मगर विजयी भएका छन् । गुल्मी दरवारमा नेकपा एमालेले तीन वटा वडामा चित्त बुझाएको छ ।

कांग्रेसबाट पालिका अध्यक्ष निर्वाचित थापाले ६१६६ मत ल्याएका छन् भने एमालेका कृष्णप्रसाद भुसालले ५६०२ मत पाएका छन् । थापाले भुसाललाई ५६४ मत अन्तरले पराजित गरेका हुन् । कांग्रेसबाट पालिका उपाध्यक्ष विजयी ढेंगाले ६१८८ मत पाएकी छन् भने एमाले उम्मेदवार सुशिला पुनले ५५८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका प्रकाश थापाले जानकारी दिए ।

भुसाल र पुन गत स्थानिय निर्वाचनमा समेत पराजित भए पनि यसपटक पनि एमालेले दुबैजनालाई पुनः उम्मेदवार बनाएको थियो । २०७४ को निर्वाचनमा समेत कांग्रेस चार वटा वडा सहित पालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ७ : २५ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास