२४ भदौ २०८३, बुधबार | September 9, 2026

गुल्मीको छत्रकोटमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी



गुल्मी । नेपाली कांग्रेस गुल्मीमा लोकप्रिय मानिएका छत्रकोटका कांग्रेस नेता अनन्त पौडल दोस्रो पटक गाँउपालिका अध्यक्षमा पराजित भएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका नेकपा (एमाले)का उम्मेदवार विजयी भएसँगै पौडेल पालिका अध्यक्षमा दोस्रो पटक पराजित भएका हुन् ।

छत्रकोटमा भएको कांग्रेस–जनमोर्चा गठबन्धनलाई पछि पार्दै अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेय र उपाध्यक्षमा सावित्रा ज्ञवाली विजयी भएकी छन् ।

पाण्डेले ६ हजार ५ सय ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पौडेलले ५ हजार ९ सय ४८ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्ष पदमा ज्ञवालीे ६ हजार ४ सय ७२ मतका साथ विजयी हुँदा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले ५ हजार १ सय २४ मत ल्याएका थिए ।

२०७४ सालको चुनावमा पौडेल एमालेका मधुकृष्ण पन्थसंग पराजित भएका थिए ।

 

 

 

 

 

 

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ११ : ५१ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४