२८ असार २०८३, आइतबार | July 13, 2026

प्रदिप ज्ञवालीको गृह गाँउपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी



गुल्मी । २०४३ सालको निर्वाचन यता कहिल्यै नहारेको तत्कालिन नेकपा माले र अहिलेको एमालेको किल्ला रुरुक्षेत्र गाँउपालिका पहिलो पटक एमाले पराजित भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार यदु ज्ञवालीले ४ दशकदेखि एमालेले आफ्नो किल्ला मान्दै आएको रुरुलाई पहिलो पटक भत्काईदिएका छन् । एमाले नेता प्रदिप ज्ञवाली, कमल श्रेष्ठ, निलकण्ठ गौतम जस्ता एमाले नेताहरु जन्माएको रुरुक्षेत्रमा स्थानीय तह निर्वाचनमा एमाले पराजित भएको छ ।

मतगणनाको पछिल्लो परिणाम अनुसार रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीले विजयी भएका छन् । उनले एमालेका प्रभावशाली मानिएका हिमाल श्रेष्ठलाई पछि पार्दै पालिका अध्यक्षमा विजयी भएका हुन् ।

सोमवार साँझ आएको मत परिणाम अनुसार माओवादी उम्मेदवार ज्ञवालीले ५८१७ पाएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी श्रेष्ठले ४५४० भोटसहित दोस्रो पराजित भएका छन् ।

उपाध्यक्षमा भने एमालेकी मीना गौतम विजयी भएकी छन् । उनले ५४५१ मत पाएकी छन् । गठबन्धनबाट कांग्रेस उम्मेदवार दुर्गा ज्ञवालीले ४६४६मत पाएकी छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : १६ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली