२४ भदौ २०८३, बुधबार | September 9, 2026

कपिलवस्तु नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी



कपिलवस्तु । स्थानीय तह निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । आज अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणाममा मेयरमा रजत प्रताप साह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।

साहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याएर पराजित भए । नेकपा माओवादी केन्द्रका जाबेद आलम खाँले ३ हजार ९ सय ८७ मत प्राप्त गरेका छन् ।

साहले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा नगर प्रमुख जितेका थिए भने यस पटकको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाकी आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् । माओवादीकी पुष्पा तिवारीले २ हजार ८ सय ९ मत प्राप्त गरिन् ।

१२ वटा वडा रहेको कृष्णनगरमा कांग्रेस र एमालेले ३(३, जसपा र माओवादीले २(२, राप्रपा र बहुजन शक्ति पार्टीले १र१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : २६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००

बाढीप्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौँ । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित

विपद् र जलवायु संकटका विषयमा रवि लामिछानेले राखे ६ वटा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा

मोदी खोलामा बजेको खतराको घण्टी !

पोखरा । हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको