४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तु नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस विजयी



कपिलवस्तु । स्थानीय तह निर्वाचनमा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर र उपमेयर दुबै पदमामा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । आज अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणाममा मेयरमा रजत प्रताप साह र उपमेयरमा आरतीदेवी चौधरी निर्वाचित भएका हुन् ।

साहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक रजौरियाले ४ हजार १ सय १२ मत ल्याएर पराजित भए । नेकपा माओवादी केन्द्रका जाबेद आलम खाँले ३ हजार ९ सय ८७ मत प्राप्त गरेका छन् ।

साहले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा नगर प्रमुख जितेका थिए भने यस पटकको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

त्यसैगरी उपमेयरमा कांग्रेसकै चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टी जसपाकी आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् । माओवादीकी पुष्पा तिवारीले २ हजार ८ सय ९ मत प्राप्त गरिन् ।

१२ वटा वडा रहेको कृष्णनगरमा कांग्रेस र एमालेले ३(३, जसपा र माओवादीले २(२, राप्रपा र बहुजन शक्ति पार्टीले १र१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : २६ बजे

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार