२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवलमा मेयरमा खेलराज पाण्डे र उपमेयरमा सावित्रा अर्यालको जित निश्चित



बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डे र उपमेयरमा एमाले जनमुक्ति गठबन्धनबाट सावित्रा अर्यालको जित निश्चित भएको छ । बुटवलका १९ वडा मध्ये १८ वडाको गणना सम्पन्न हुँदा मेयर पदमा खेलराज ७ हजार भन्दा बढी मतान्तरले अगाडि रहेको तथा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङ भन्दा एमाले उम्मेदवार अर्याल ६ हजार बढी मतले अगाडि रहेकाले उनीहरुको जित निश्चित भएको हो ।

बुटवल वडा नंं ११ को १०३५३ मध्ये ४५ सय मत गन्न बाँकी छँदा खेलराजको नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार बढी मतले अगाडि छन् । खेलराजले २५ हजार ६ सय १२ मत पाएका छन् भने भट्टराईको मत १८ हजार ६ सय ५९ रहेको छ ।

उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्यालको जित निश्चित भएको छ । एमाले उम्मेदवार सावित्राको तुलनामा एकीकृत समाजवादीका उम्मेदवार गुरुङ धेरै कमजोर देखिएका छन् ।

बुटवलका १९ मध्ये १८ वटा वडाको नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

कांग्रेस नेता स्व. सुर्यप्रसाद प्रधानको कार्यकालको झण्डै ३० वर्ष पछि मेयर पदमा एमाले किल्ला भत्काउँदै कांग्रेसले नेतृत्व लिन सकेको हो । यस चुनावमा एमाले उपाध्यक्ष विष्णु पौडेलको गृह वार्ड, निवर्तमान मेयरको गृह वार्ड, लोकप्रिय मानिएका एमालेका नेता भोज प्रसाद श्रेष्ठको वार्ड तथा एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको वार्डमा समेत कांग्रेसले कब्जा जमाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ५३ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य