५ बैशाख २०८३, शनिबार | April 18, 2026

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन । उनले शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन ।

पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भुमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्ष देखी बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन । बाँके जिल्ला फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुइ कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।

बाँके जिल्लामा सुरुआतमा उनले ओशोनिक क्लब मार्फत ग्रासरुट कार्यक्रम संचालन गरेका थिए । जसले बाँकेमा आधा दर्जन खेलाडीलाई नेपाली महिला टोलीसम्म पुग्न सहयोग गरेको थियो । नेपालगन्जमा फुटबलका भौतिक पुर्वाधार, एन्फा ग्रास रुट फुटबल मैदान निर्माण, नेपालगन्ज गोल्ड फुटबलको सुरुआतमा उनको नेतृत्वमा भएको थियो ।

पश्चिम क्षेत्रमा फुटबलको विकासमा शाहीलाई कुशल नेतृत्वका रुपमा चिनिन्छ । नेपाली फुटबललाई अनुशासित रुपमा गतिशिलता प्रदान गर्न आफुले उम्मेदवारी दिएको अध्यक्ष शाहीले बताए । उनले भने,‘ समाज परिवर्तन गर्न, देशको प्रतिष्ठा बढाउन फुटबलले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । तर पश्चिम नेपालमा हामीले सोचेजस्तो विकास गर्न सकेको छैनौं । थुप्रै समस्या र चुनौति छन हामीसँग । हामीले राम्रो गरेको जिल्ला र क्लबको अनुभवबाट सिक्दैं पश्चिम क्षेत्र फुटबलको विकास गर्न जरुरी छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : ०४ बजे

विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

काठमाडौँ । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी

‘वाम एकता’ चर्चा असान्दर्भिक भन्दै विष्णु पौडेलले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो समय राजनीतिक

सर्वोच्चका कर्मचारीले पालना गरेनन् नियम

काठमाडौं । कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना