६ आश्विन २०८३, मंगलबार | September 22, 2026

देवदह नगरपालिकाका प्रमुख खरेल र उपप्रमुख गुरुङसहित जनप्रतिनिधिले गरेको पदभार ग्रहण (फोटो फिचर)



बुटवल । देवदह नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख धुब्र खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले पदभार ग्रहण गरेका छन । नगर प्रमुख खरेलले सोमबार बिहान पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन ।

त्यस्तै दिउँसो देवदहमै आयोजित पदस्थापन समारोहमा नवनिर्वाचित उपमेयर सहित वडाअध्यक्ष सदस्यहरुलाई नगरप्रमुख खरेलले सपथ ग्रहण गराएका थिए । त्यसपछि देवदह नगरपालिकाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रम गरेपछि नगरप्रमुख खरेल र उपप्रमुख गुरुङ कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन । सो अवसरमा नगरप्रमुख खरेलले २ वटा निर्णयमा हस्ताक्षार गरेका थिए ।

देवदह नगरपालिकालाई पुर्ण स्वास्थ्य बिमायुक्त नगरपालिका बनाउन नगरबासीलाई विमा कार्यक्रममा आबद्ध हुन आव्हान गर्ने, अति विपन्न, अल्पसंख्यक र बञ्चितिकरणमा परेका लक्षित समुह भित्रका नागरिकलाई सहुलियत प्रदान गरी प्रोत्साहन गर्ने र त्यसका लागि प्रथम चरणमा ख बर्गका अशक्त, नागरिकहरु, नगरपालिकाको कार्यालय र अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका एवं सरसफाईकर्मीहरुको निशुल्क स्वास्थ्य विमा गर्ने पहिलो निर्णय गरेका छन । त्यस्तै देवदह नगरपालिकाको शुसासन प्रबद्र्धनका लागि प्रत्येक ६÷६ महिनामा अनिबार्य रुपमा सार्वजनिक सुनुवाई गर्ने पनि निर्णय नगरप्रमुख खरेलले गरे ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : १२ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत