१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

पाकिस्तानी दूतावासद्वारा ३०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान



काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले नेपालका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक छात्रवृत्ति प्रदान गरेको छ ।

होटल मेरियटमा आज आयोजित एक कार्यक्रमका बीच दूतावासले ३०० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालय शमशेर राणाले पाकिस्तानी दूतावासलाई छात्रवृत्ति प्रदान गरेका छन् ।

देशका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयका योग्य विद्यार्थीहरूलाई १० हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो।

त्यसअवसरमा बोल्दै नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष राणाले पाकिस्तानी दूतावासले दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जन–जन सम्पर्क अभिवृद्धि गर्न गरेको प्रयासको प्रशंसा गरे । उनले छात्रवृत्ति कार्यक्रम नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताए । राणाले दुई देशका युवाहरूलाई नजिक ल्याउन दूतावासको प्रयासको प्रशंसा गरे।

कार्यक्रममा पाकिस्तानका राजदूत सैयद हैदर शाहले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने संकल्प र इच्छा व्यक्त गरेका थिए ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान स्कॉलरशिप कार्यक्रममा सहभागी हुने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । छात्रवृत्ति कार्यक्रम पाकिस्तान–नेपाल मित्रताको प्रतीकका रूपमा नेपाली युवाहरू माझ लोकप्रिय बन्दै गएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : ०८ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी