२९ असार २०८३, सोमबार | July 13, 2026

नगरकार्यपालिका सदस्य निर्वाचनको लागि बर्दिबासमा कांग्रेस-माओवादी-एमालेबीच गठबन्धन



महोत्तरी । नगर कार्यपालिका सदस्य निर्वाचनका लागी बर्दिबास नगरपालिकामा तीन दलीय गठबन्धन बनेको छ ।

नगर कार्यपालिकाको ८ सदस्य निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो ।

नेकपा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ जना पाउने गरी सहमति भएको माओवादी केन्द्रका नेता राजन ढुंगानाले जानकारी दिए ।

बर्दिबास नगरपालिकाभित्र निर्वाचित जनप्रतिनिधिहरूको संख्याको आधारमा भागबण्डा गरिएको हो ।

बर्दिबासमा वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा एमालेका २४, माओवादी केन्द्रका २५ र कांग्रेसका १३ जनप्रतिनिधिहरु निर्वाचित भएका छन ।

कार्यापालिका सदस्य विजयी गराउन सहमति जनाउदै एमालेका जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकी, माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु खडका र कांग्रेसका नेता चिरञ्जीवी हमालले सयुक्त हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ४ : २७ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ । निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ । असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि

जग्गा खोजीमै अड्कियो बेनीको ‘ल्याण्डफिल साइट’

म्याग्दी । बेनी बजारको फोहर व्यवस्थापनका लागि दिगो ‘ल्याण्डफिल साइट’

बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

बैंकक। थाइल्याण्डको राजधानी बैंककस्थित एक लोकप्रिय पबमा आइतबार मध्यराति भएको