२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

ओलीलाई प्रचण्डको कटाक्ष – पार्टीभित्रै लज्जास्पद अन्तर्घातका कारण पराजय भोगेपछि अर्कालाई आरोपित गर्ने ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै पार्टीभित्र लज्जास्पद पराजय भोगेपछि अर्कालाई दोष लगाएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले ओलीले चुनावमा पार्टी पराजय भएपछि अलिकति आत्मसमीक्षा गरे होलान भनेको त झन ठूलो अभिमानका साथ प्रस्तुत भएको जिकिर गरे ।

प्रचण्डले शान्ति प्रक्रियाका बारेमा ओलीले अझै पनि अपमानजनक टिप्पणी गरेको भन्दै त्यसविरुद्ध रोष प्रकट गरे । उनले ओली लगायतका एमालेका धेरै नेताहरुले मान्छेको टाउको काटेर आएको स्मरण गर्दै भने, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ रु त्यो भन्नु जायज हुन्छ ?’

तर, आफुले एमाले नेताहरुलाई त्यसरी आरोपित गर्न नचाहेको जिकिर गरे । प्रचण्डले भने ‘हामीले ती कुरालाई पटक(पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : २२ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव

विश्वकप क्रिकेट खेल्ने विद्यार्थीलाई फिनिक्स कलेजले गर्यो सम्मान

काठमाडौ । विश्वकप क्रिकेट खेल्ने विद्यार्थीहरुलाई फिनिक्स कलेजले सम्मान गरेको

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

सिरहा । आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी

देश दैडाहमा चलचित्र ‘खजुरे ब्रो’को टिम

बुटवल । नेपाली चलचित्र ‘खजुरे ब्रो’को टिम चलचित्रको प्रमोसनको लागी