९ चैत्र २०८२, सोमबार | March 23, 2026

ओलीलाई प्रचण्डको कटाक्ष – पार्टीभित्रै लज्जास्पद अन्तर्घातका कारण पराजय भोगेपछि अर्कालाई आरोपित गर्ने ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै पार्टीभित्र लज्जास्पद पराजय भोगेपछि अर्कालाई दोष लगाएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले ओलीले चुनावमा पार्टी पराजय भएपछि अलिकति आत्मसमीक्षा गरे होलान भनेको त झन ठूलो अभिमानका साथ प्रस्तुत भएको जिकिर गरे ।

प्रचण्डले शान्ति प्रक्रियाका बारेमा ओलीले अझै पनि अपमानजनक टिप्पणी गरेको भन्दै त्यसविरुद्ध रोष प्रकट गरे । उनले ओली लगायतका एमालेका धेरै नेताहरुले मान्छेको टाउको काटेर आएको स्मरण गर्दै भने, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ रु त्यो भन्नु जायज हुन्छ ?’

तर, आफुले एमाले नेताहरुलाई त्यसरी आरोपित गर्न नचाहेको जिकिर गरे । प्रचण्डले भने ‘हामीले ती कुरालाई पटक(पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : २२ बजे

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक