१ पुस २०८२, मंगलबार | December 16, 2025

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने ।

उनले वाइन उद्योग खोल्न प्रोत्साहीत गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने र कपास खेतीलाई प्रोत्साहीत गरिने समेत उनले बताए ।

कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने उनले जनाए ।

चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ५६ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच