१० चैत्र २०८२, मंगलबार | March 24, 2026

हिमपातले मनाङमा यार्सा संकलन प्रभावित



लमजुङ । हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ । यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । केही दिअघिदेखि वर्षासँगै परेको हिमपातले यार्सा संकलनमा समस्या भएको मनाङ नासोंका विष्णु घलेले बताए ।

यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति दिएपछि मनाङीसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका थिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङभरि करिब एक हजार पाँच सयदेखि दुई हजार जनाको हाराहारी संकलक लेकमा पुगेका छन्  । चार हजार पाँच सय मिटरमाथि हिमपात हुनसक्छ । त्यही ठाउँमा यार्सा पाइन्छ । लेकमा हिमपात भएकाले यार्सा संकलक प्रभावित भएको हुन सक्ने उनले बताए । यार्चा संकलनका लागि बाहिरी जिल्लाका मात्रै नभएर मनाङी पनि लेकमा पुगेका छन् । संकलकलाई एक्याप मातहतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुर्जी जारी गर्ने गरेको छ ।

गत वर्ष स्थानीय र जिल्लावासीले मात्रै यार्सा टिपेका थिए भने त्यसअघिको वर्ष कोरोना संक्रमण जोखिमका कारण यार्चा संकलन बन्द थियो । संकलन गर्न आउनेका लागि स्थानीयलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ तोकेको छ । जिल्लावासीलाई १५ हजार रुपैयाँसम्म र जिल्ला बाहिरका व्यक्तिलाई २० हजार रुपैयाँ तोकेको छ । कतिपय लेकमा प्रतिव्यक्ति ३५ हजारसम्म लिने गरेको यार्सा संकलकहरू बताउँछन् ।

एक्यापका अनुसार गतवर्ष ८१ किलो यार्चा संकलन भएकामा २४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा यस पटक बढी संकलन हुने अपेक्षा छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।

मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेक लगायतका लेकहरु यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । जिल्ला भित्र यार्सागुम्बाको सिजन सुरु भएसंगै सुरक्षा ब्यबस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाको लागि उपयुक्त सिजन हाे । यार्सागुम्बा खोज्ने क्रममा ०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयवासीले हत्या गरीदिएपछि मनाङको साविकको नार र फु गाबिसमा यार्सा संकलन रोकिएको थियो । नार घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ । चार वटा स्थानीय तह रहेको रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  २ : ३६ बजे

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।