२० मंसिर २०८२, शनिबार | December 6, 2025

आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक



काठमाडौं । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सबै सेवाग्राहीहरुलाई लक्षित गरी सेवाग्राहीमूखी “हर्षको २२ वर्ष क्द्दद्द मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ ।

योजनाअन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले Smart Watch र बम्परमा १ भाग्यशाली विजेताले Samsung S22 मोबाइल प्राप्त गर्न सक्नेछन् । यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने आइएमईले जनाएको छ ।

सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे ।

यो योजना जेठ १५ जेठदेखि १५ असार २०७९ (२९ जुन देखि २९ जुलाई २०२२) सम्म जम्मा ३० दिनका लागि कायम रहने बताइएको छ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यममार्फत सार्वजनिक हुनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिने जनाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल