१६ श्रावण २०८३, शनिबार | August 1, 2026

टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ निश्चलले चुमे २ स्वर्ण



बुटवल । काठमाडौंमा सम्पन्न टिम टेनिस नेपाल जेटिआई जुनियर टेनिस प्रतियोगिता २०२२ को यु ९ र यु १० उमेर समुहमा बुटवलका निश्चल ज्ञवालीले स्वर्ण जितेका छन ।

टिम टेनिस नेपालका आयोजनामा काठमाण्डौमा जेठ १३ गतेबाट शुरु भएको प्रतियोगिताको फाईनल खेलमा बुटवल न्यु होराईजन इ बोर्डिङ स्कुलमा अध्ययरत निश्चलले यु-९ समुहमा काठमाण्डौका विशेषविश्व दर्लाकोटीलाई ५-४, ३-५, ११-९ को सेटमा पराजित गरेका हुन । यसैगरि उनले यु-१० उमेर समुहमा काठमाण्डौका साङखा राईलाई १-६, ७-५, ८-७ को सेटमा पराजित गर्दै दोस्रो स्वर्ण हात पारे ।

प्रतियोगिता अन्तरगत यु-१२ उमेर समुहमा बुटवलका वृजेश अर्यालले काठमाण्डौका असब हाडालाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेका छन । यसैगरि बुटवलका निर्जल टण्डल यु-८ समुहमा दोस्रो तथा यु-९ मा संघर्ण फौज्दार र यु-१० सन्दिप जिसी तेस्रो भए । रुपन्देही लन टेनिस संघका सचिव गोपाल ज्ञवालीले काठमाडौं बाहिर बुटवलमा उमेर समुहका राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यअनुसार प्रशिक्षण दिएको बताए । बुटवलका प्रशिक्षक विकास खड्काले लामोसमयको मेहनतका कारण खेलाडीहरु स्वर्ण पदक जित्न सफल भएको बताए ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जेठ १३ देखि पाचदिनसम्म धापाखेल लनटेनिस कोर्टमा भएको खेलमा देशभरका एकसय ३५ बढी खेलाडीहरु सहभागी थिए । उनिहरुले यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र यु-१६ तर्फ सिगल र खुल्लातर्फ पुरुष/महिला डबल गरि आठ विद्यामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ७ : ४५ बजे

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा