४ आश्विन २०८३, आइतबार | September 20, 2026

वीरेन्द्र-ऐश्वर्य उद्यान अन्तिम चरणमा



गलकोट । बागलुङ बजारभित्र अवस्थित वीरेन्द्र-ऐश्वर्य उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने र विद्युतीकरणको काम भइरहेको छ ।

लामो समयदेखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरासहित पुनःनिर्माण थालिएको थियो । उद्यान पुनःनिर्माणको अहिले ६६ प्रतिशत काम पूरा भइसकेको छ भने एक महिना ठेक्का म्याद थपेर बाँकी काम सम्पन्नपश्चात नगरपालिकाले लिने गरी काम भइरहेको बागलुङ नगरपालिकाका इञ्जीनियर सोविन घर्तीले जानकारी दिए ।

“पूर्वाधार निर्माणको काम सबै सकिएको छ, अहिले विद्युतीकरण, फूल रोप्ने, दुबो लगाउने तयारीमा छौँ”, उनले भने, “असार मसान्तसम्म सबै काम सकिनेछ, उद्यान निकै पृथक र आधुनिक शैलीमा निर्माण भएको छ, बागलुङ आएका पर्यटकलाई समेत यसले आकर्षण गर्ने छ ।”

स्थानीय सुमन रानाले भने “बागलुङ बजारमा एकैछिन विश्राम गरौँ भन्ने कुनै ठाउँ थिएन, उद्यान कुरुप बनेपछि झनै समस्या थियो, यो कोलाहल बिर्साउने ठाउँका रुपमा विकास भएको छ ।” नगरपालिकाले एए कन्स्ट्रक्शनसँग रु ८४ लाखमा चार महिनामा उद्यान पुनःनिर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । गत वैशाख ३ गतेसम्म सक्नुपर्ने उद्यान अहिले असारसम्म म्याद थपेर काम सक्ने निर्माण कम्पनीको तयारी छ ।

तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यको सालिकसहित उद्यानको सौन्दर्यकरण तथा स्थापना गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनको क्रममा उद्यानभित्रका वीरेन्द्र-ऐश्वर्यको सालिक फुटाइएपछि उद्यान क्रमशः कुरुप हुँदै आएको थियो ।

उद्यानको मुख्य भागमा पानीको फोहोरा र विद्युतीकरण हुनेछ भने पदमार्गमा ताराखोलाको स्लेटढुङ्गा छापिएको छ । उद्यान वरपर विभिन्न फूल र बिरुवा रोपिने छ । उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेपछि बागलुङ बजारवासी खुसी भएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ७ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन