७ आश्विन २०८३, बुधबार | September 23, 2026

क्यानको निर्णय – अब मौसम सफा नभएसम्म आँखाले हेरेर उडाउनुपर्ने जहाज उडाउन नपाइने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ ।

मौसम खराबीका कारण मुस्ताङमा तारा एयरको जहाज दुर्घटना भएको अनुमान गरिएकै बेला क्यानले जहाज प्रस्थान गर्ने विमानस्थल र पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।

यो नियम आँखाले हेरेर उडान गर्नुपर्ने (भीएफआर) रुट र जहाजको हकमा लागु हुने क्यानका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले बताएका छन् । यो नियमलाई कडाईका साथ पालना गर्न गराउन क्यानले विमान कम्पनीहरु र विमानस्थलहरुलाई निर्देशन दिएको छ । यसका लागि जल तथा मौसम विज्ञान विभागले गर्ने मौसमसम्बन्धी पूर्वानुमान तथ्यांकलाई ध्यान दिनुपर्नेछ ।

आइतबार बिहान तारा एयरको ट्वीनअटर जहाज पोखराबाट मुस्ताङको जोमसो जानेक्रममा दुर्घटनामा परेको थियो । सो जहाजमा रहेका २२ जनाको मृत्यु भएको छ ।

जहाज दुर्घटजाबारे छानविन गर्न सरकारले सोमबार पाँच सदस्यीय आयोग बनाएको छ । दुर्घटनाको वास्ताविक कारण पत्ता लगाउन र भविष्यमा त्यस्ता दुर्घटना हुन नदिन आयोगलाई कार्यादेश दिइएको छ ।

 

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ४ : १५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज