१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रिय वाणिज्य बैंकले दियो सशस्त्र प्रहरीलाई वित्तीय साक्षरता प्रशिक्षण



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुका लागि मङ्गलबार काठमाडौंको हल्चोक स्थित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा बैंकका ब्रान्च अपरेशन विभागकी प्रमुख दुर्गा कँडेल(छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ्ग तथा पेशाकर्मी सरल कर्जा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

त्यसैगरी बैंकको सहायक कम्पनी आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पूँजीबजार सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तब्य तथा प्रहरी नायब उपरीक्षक ध्रुब केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम ब्रान्च अपरेशन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।

गत बैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपाल बिच सशस्त्र प्रहरी बलका कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा सम्झौता भएको थियो ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : २३ बजे

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो