१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान किन फर्कियो काठमाडौं ?



काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फर्काइएको छ । बुद्ध एयरको ९५३ नम्बरको उडानको जहाज भद्रपुरमा अवतरण नगरी काठमाडौं फर्किएको हो ।

बुधबार बिहान १०ः४३ मा काठमाडौंबाट उडेको विमान ११ः६ बजे पुनः काठमाडौं नै फर्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

विमानको टायरको बाहिरी लेयर उत्रिएको पाइएपछि पुनः काठमाडौं नै फर्काइएको हो । विमानको अरू अवस्था सामान्य रहेको र प्राविधिक जाँच भइरहेको उनको भनाइ छ ।

काठमाडौंबाट ३० नटिकल माइल उडेको विमान आकाशबाटै पुनः काठमाडौं फर्किएपछि केही समय विमानस्थल अवरुद्ध भएको थियो । ६९ यात्रु सवार विमानमा समस्या आएपछि काठमाडौं फर्काइएर बुद्ध एयरकै अर्को विमानमार्फत यात्रुहरूलाई भद्रपुर पठाइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १ : १९ बजे

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे