१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

कैदीबन्दीहरुका लागि फुटवल खेल हुँदै



काठमाडौं । सेल्टर नेपालले केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबल खेल आयोजना गर्ने भएको छ । सेल्टर नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै संस्थाले कैदीबन्दीहरुका लागि ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ खेल संचालन हुने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा सेल्टरले एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा फुटवल कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

जेलभित्र रहेका कैदीबन्दीको मानसिक स्वास्थ्यमा सहयोग साथै उनीहरुमा आत्मविश्वास जगाउने उदेश्यले कार्यक्रम गर्न लागेको सेल्टर आश्रय नेपालका अध्यक्ष खुश्बु ओलीले जानकारी दिईन् ।

आयोजकका अनुसार यस कार्यक्रम आगामी जुन ५ देखि सुरु हुनेछ । यो एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन् । यो कार्यक्रमबाट एक वर्षभित्र कुल ४८ खेलाडी तथा समान ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ ।

पहिलो चरण जुनदेखि नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्नेछ । प्रशिक्षकलाई डी लाईसेन्स, रेफ्रीलाई क्याटोगरी ४ एन्फा रेफ्री प्रमाण पत्र र खेलाडीलाई सहभागी प्रमाण पत्र प्रदान गरिनेछ । रेफ्रीमा भने महिला सेलमा रहेका मात्र छनोट गरिने बताईएको छ ।

यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ । दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ ।

जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको हो।सेल्टर आश्रयकी अध्यक्ष खुस्बु ओलीले जेल सजाय भुक्तान गरेका कैदीबन्दी पुन गलत बाटोमा नजाउनु र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउन प्रशिक्षण दिन लागिएको बताइन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ९ : ५९ बजे

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका