२९ असार २०८३, सोमबार | July 13, 2026

सहिद सेतु बिकको सालिक तोडफोड प्रति कांग्रेस मौन, एमाले, माओवादी र एकीकृत समाजवादीको कडा आपत्ति



नेपालगन्ज । नेपालगन्जको सहिद सेतु बिक चौकमा रहेको सहिद सेतु बिकको सालिक तोडफोड गरिएको प्रति २०६२/६३ का जनआन्दोलनका प्रमुख घटक नेपाली कांग्रेसले मौनता साँधेको छ । जनआन्दोलनका सहयात्री दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एमालेबाट विभाजित नेकपा एकिकृत समाजवादीले विज्ञप्ति प्रकाशित गर्दै सालिक तोडफोड प्रति आपत्ति जनाएपनि कांग्रेसले कुनै प्रतिक्रिया जनाएको छैन ।

आज मध्यान्ह केही राजावादी युवाहरुले नेपालगन्जको ऐतिहासिक धम्बोझी चोकमा जबर्जस्ती पूर्व राजा बिरेन्द्रको सालिक ठड्याउन खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप हुँदा आक्रोशित राजावादीहरुले सेतुबिक चौक पुगेर सेतु बिकको सालिक तोडफोड गरेका थिए ।

सेतुबिकको सालिक तोडफोड प्रति आपत्ति जनाउँदै एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव डिल्ली बाराल र एकीकृत समाजवादीका बाँके सचिव दिपक जिएमले विज्ञप्ति प्रकाशित गरेका छन् । जनआन्दोलनका सहयात्री कांग्रेसले भने सालिक तोडफोड प्रति कुनै औपचारिक प्रतिक्रिया जनाएका छैन ।

उता राप्रपाले सेतुबिकको सालिक तोडफोड गर्नेहरुलाई प्रहरी हिरासतबाट मुक्त गर्न माग गरेको छ । सीसी क्यामेरा फुटेजका आधारमा प्रहरीबाट पक्राउ परेका युवाहरुलाई बिना सर्त रिहा गर्न माग गर्दै राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदयले विज्ञप्ति निकालेका छन् । पूर्व राजा विरेन्द्रको सालिक राख्न पाउनुपर्ने माग राख्दै उदयले सो क्रममा पक्राउ परेकाहरुको रिहाईको माग गरेका छन् । सालिक तोडफोड गर्ने कार्यमा संलग्नहरुलाई रिहाईको माग राख्दै राप्रपा तोडफोडको पक्षमा उभिएको छ ।

जन आन्दोलन २०६२र६३ को आन्दोलनका क्रममा खजुराकी सेतुबिकको छातीमा टियर ग्याँसको सेल लागेर घाइते भएकोमा उपचारकालागि भारतको लखनउ लैजाने क्रममा बैशाख ५ गते राती बाटैमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : ०२ बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा