२५ भदौ २०८३, बिहिबार | September 10, 2026

यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत



काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

शुक्रवार बसेकोसभाको बैठकले सभाबाट स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देश गरेको छ ।

यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । राष्ट्रियसभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौडयाल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता भएको यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

तिमिल्सिनाले भने, ‘माननीय कमला पन्त प्रश्तावक र माननीय डा. विमला राई पौडयाल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई दर्ता गर्नुभएको यौन अपराधबिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धि संकल्प प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु । माननीय सदस्यहरु सभाबाट स्वीकृत यौन अपराधबिरुद्ध उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रश्ताव राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न नेपाल सरकारलाई यो सभा निर्देश गर्दछ ।’

राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ६ : २८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ