२९ असार २०८३, सोमबार | July 13, 2026

सार्वजनिक पदमा रहेकाले यौनहिंसा गरे थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गरौं : गगन थापा



काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले सार्वजनिक पदमा रहेका व्यक्तिले यौन हिंसा गरेमा उसलाई थप दुई वर्ष कैद सजाय हुनेगरी कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी हुँदै उनले यौन हिंसाको घटनामा सार्वजनिक पद धारण गरेका व्यक्ति दोषी पाइपामा उसलाई थप दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने बताए ।

पीडितलाई पीडितले धम्काउने, प्रलोभनमा पार्ने कार्यमा सार्वजनिक पद धारण गरेका व्यक्ति संलग्न भएमा उसलाई दुई वर्ष कैद सजाय हुने व्यवस्था गर्नुपर्ने थापाको सुझाव छ । उक्त विधेयकमा ६ महिना बढी कैद भनिएको भन्दै उनले यसलाई कम्तिमा पनि दुई वर्ष बनाउनुपर्ने बताए ।

उक्त छलफलमा सहभागी सांसदहरुले हद म्याद राख्नुपर्ने र हदम्यादको समय भने बढाइनुपर्ने बताएका छन् । हदम्याद नराख्दा निर्दोष व्यक्ति फसाउने षड्यन्त्रमा पनि हुन सक्ने भन्दै उनीहरूले हद म्यादसहित यौन हिंसाका विषयमा कडा कानुन बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  १२ : ४९ बजे

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक