२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन तस्करी, ७ जना पक्राउ



काठमाडौं । कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् ।

उनीहरूले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद गरेको हो ।

नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्ति भन्सार छली अवैध रूपमा सुन ल्याउँदै छन् भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो ।

गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीले लगाएको सर्ट, पेन्ट र अण्डरवेयरका विभिन्न भागमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएका थिए । सूचना प्राप्त भएपछि सुरेश र सन्दीपलाई केरकार गर्दा शंकास्पद देखिएन । तर, कपडा छाम्दा भने गह्राैँ थियो ।

शंका लागेर खोल्न लगाएर च्यात्दा कपडाको बीचमा सुन राखेको पाइएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । त्यसपछि सबै कपडा लगेर सुन निकालिएको उनको भनाइ छ ।

उनीहरूलाई दुबईमा भीम लाहुरे नामक व्यक्तिले काठमाडौंमा सुन पठाउन लगाएको खुलेको कोइरालाले बताए । नेपाल आएपछि दुई जनालाई निर्मला घलानलाई सम्पर्क गर्न भनिएको थियो ।

उनीहरुलाई लिन आएका बेला घलान पनि विमानस्थलबाटै पक्राउ परेको उनको भनाइ छ । उनलाई सोधपुछ गर्दा उनलाई दुबईबाट सन्देश तामाङ नाम गरेको व्यक्तिले म्यासेन्जरमा फोन गरेर सुन बुझ्न भनेका थिए । कपडा लिएर आउनेलाई निश्चित रकम दिएर पठाउन भनिएको थियो ।

सुन भएको कपडा दिनका लागि पाँच रुपैयाँको नोटको नम्बरलाई प्रयोग गरिएको खुलेको छ । घलानलाई कपडाको प्याकेज पाँच रुपैयाँको ण/४७ ०१७‘. र थ/९४ १५७५‘ नम्बरको नोट लिएर आउनेलाई दिनु भनिएको थियो । त्यही अनुसार प्याकेज लिन पाँच रुपैयाँको नोटसहित बोक्साङ ग्याल्जेन र बरुण भक्त माथेमा आएका थिए । सोही आधारमा उनीहरूलाई प्रहरीले नोटसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ४ : ५२ बजे

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण