१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नबिलले सार्वजनिक शौचालय सञ्चालन गर्ने 



काठमाडौ । नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरुका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भए संगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरुका शौचालयहरुलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् ।

नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्बजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप नबिल बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका शाखाहरुमा उपयुक्त ठाउँमा जडान गर्नेछ ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तर दायित्व अन्तर्गत स्वयंले गर्नेछ ।

साथै शौचालयको नियमित मर्मत, संभार र सरसफाई, पानीको प्रबन्ध, निकासको व्यवस्था दुरुस्त राख्नेछ  । बैंकका अनुसार यो सम्झौता पाँच बर्ष अवधिको लागि गरिएको हो ।

नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्घता जनाएको बताए  । “नबिलको सँगै अघि बढौं भन्ने नाराका साथ हामी देश र जनताका लागि सधैं सँगै अघि बढि रहन्छौं । नबिल बैंकले दिगो बैंकिङको अवधारणा अनुरुप काठमाडौँको फोहोरमैला व्यवस्थापनमा पनि सहकार्य गर्नेछौं । ,” उनले बताए ।

महानगरले सञ्चालनमा आएका शौचालयको अनुगमन तथा मुल्याङ्कन प्रत्येक चार चार महिनामा गर्नेछ । यस सम्झौताले आम महानगरको सार्वजनिक शौचालयको सेवालाई चुस्त र व्यवस्थित गर्न मद्दत पु¥याउने सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नुरनिधि न्यौपानेले बताए ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ४ : ४३ बजे

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

काभ्रेपलाञ्चोक । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी

सरकारका प्रवक्ता भन्छन् – टीयू क्रिकेट मैदान भत्किने हल्ला निराधार

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार

संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित हुँदैन : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित