२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सेफ्टी ट्यांक सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु



चितवन । चितवनको भरतपुरमा सेफ्टी ट्यांक सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ साढे ६ बजे भरतपुर महानगरपालिका-१९ तमुटोल बस्ने राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्यांक सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलबस्तु शिवराज नपा ९ बस्ने वर्ष २४ का छतिराम थारु अचानक चिप्लिएर ट्यांकमा खसे पश्चात् सँगै काम गरिरहेको भिनाजु नाता पर्ने सोही स्थानका वर्ष २३ का राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुबै जना निस्किन नसकेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीलेका अनुसार ट्यांकमा खसेको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय फूलबारीबाट प्रहरी निरीक्षकको टोली र जिप्रका चितवनबाट प्रनाउ समेतको टोली, नेपाली सेनाको क्याप्टेन र शसस्त्र प्रहरीबाट सप्रनिको टोली खटिई दुबै जनाको शव उद्धार गरि बाहिर निकालिएको थियो ।

दुई वटै शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १० : १९ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य