१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सम्भावित २० उद्यमी तिलोत्तमा घोषणा सम्पन्न



तिलोत्तमा । उद्यमशिल तिलोत्तमा निर्माणको उद्देश्यसहित तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगर प्रमुख दायित्व ग्रामीण उद्यम दु्रतीकरण कार्यक्रम अन्र्तगत् सम्भावित २० उद्यमी तिलोत्तमा घोषणा तथा सम्मान कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रम, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्य, उपप्रमुख जगेश्वर देवी चौधरीको विशिष्ट आतिथ्य तथा उपसचिव गंगाराम आचाय, आर्थिक विकास शाखा प्रमुख कृष्ण प्रसाद पाण्डेको उपस्थितिमा पालिकामा गरिएको थियो ।

छनोट भएका २० उद्यमीहरुविना कुमारी पुन (विशाल पशुपंक्षी तथा कृषि फार्मतिलोत्तमा-११), कल्पना बुढा (बाख्रा पालन, तिलोत्तमा-११), सरस्वती बन्जाडे (शिवशक्ति एग्रो फार्म, तिलोत्तमा-१३), बलराम काप्mले (तिलोत्तमा मौरी फर्म,तिलोत्तमा-९), चन्द्रिका लोध (नवदुर्गा तरकारी उत्पादन कृषक समुह, तिलोत्तमा-१४), नर बहादुर आले ( लाङ्घाली बंगुर पालन फर्म, तिलोत्तमा-८), प्रदीप ढकाल (प्रदीप भाई पोल्टी फर्म, तिलोत्तमा-४), प्रकाश चौधरी (लुम्बिनी कृषि तथा पशुपालन फर्मतिलोत्तमा-५), यम कुमारी पौडेल (कुशलमंगल नर्सरी, तिलोत्तमा-७), अर्जुन रिजाल (जागरण बाख्रा पालक कृषि समुहतिलोत्तमा-१२), देउमाया गुरौ (न्यू लेडिज टेलर्स, तिलोत्तमा-९),भगवती बश्याल (वैभव आचार उद्योगतिलोत्तमा-५), रोहित सिंह आले (बिजया पिग फार्म, तिलोत्तमा-१६), मिनु थापा (थापा हस्तकला ट्रेनिङ्ग सेन्टरतिलोत्तमा-१४), चन्दा घिमिरे (चन्दा कृषि फार्म, तिलोत्तमा-६), राधेश्याम लोध (सूर्यकिरण तरकारी उत्पादन कृषक समुह तिलोत्तमा-१४), बिनाचल केवट (दक्षिण कृषि समुह, तिलोत्तमा-९), शान्ति क्षेत्री(लालि गुराँस च्याउ उत्पादनतिलोत्तमा-११), विष्णुमाया (विष्णु वंगुर फार्म, तिलोत्तमा-१४) र दुर्गा भण्डारी (दुर्गा पशुपालन केन्द्र, तिलोत्तमा-१४) रहेका छन् । यी सबै उद्यमीहरुलाई नगर प्रमुख तथा उपप्रमुखले जनही ५/५ हजार उद्यम चुनौती कोषबाट समेत सम्मान गरेका छन ।

प्रतियोगितात्मक विधिबाट संयोजक गरिएको यस कार्यक्रममा छनोट उद्यमीहरुले उद्यम माईन्ड सेट सेसन, उद्यम अभियान, वित्तिय साक्षरता तालिम, उद्यम नेतृत्व विकास तथा व्यवस्थापन प्रशिक्षण, व्यावसायिक योजना प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रममा उत्कृष्ट हुनेले रु.१ लाख, अब्बल हुनेले रु.३५ हजार र ८ जनाले जनही १०१० हजार नगद तथा सम्मान पत्र प्राप्त गर्ने दायित्वका लुम्बिनी संयोजक कमल थापाले बताए ।

कार्यक्रममा, रोजगार संयोजक देवेन्द्र ज्ञवाली, प्राविधिक सहायक विकास न्यौपाने, उद्यम विकास सहजकर्ता शान्ता वि.क. लगायतले धारणा राख्नु भएको थियो । पालिकाका प्रशासकिय अधिकृत सीता घिमिरेको स्वागत, दायित्वका रिप संयोजक संजय पोखरेलको अध्यक्षता तथा दायित्वका लुम्बिनी संयोजक कमल थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ५ : ५२ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी