७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा देवदहको चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना



तिलोत्तमा । लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ ।

समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतीमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृती अक्षयकोष स्थापना गरेको हो ।

समाजका सम्पूर्ण सदस्यले संकलन गरेको रकम र शर्माको परिवारले उपलव्ध गराएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । बिहीबार विद्यालयमा आयोजित एक समारोहका बीच समाजकी उपाध्यक्ष लता प्रधान र स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले विद्यालयका प्रधानाध्यापक महेशकुमार थैवलाई रकम हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्न सुझाव दिए । भौतिक पूर्वाधारले मात्र शैक्षिक विकास नहुने भन्दै उनले गुणस्तरीय शिक्षाका लागि लगानी बढाउनुपर्ने बताए । उनले अक्षयकोष स्थापना भएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुने विश्वास व्यक्त गर्दै यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने बताए ।

समाजकी उपाध्यक्ष लता प्रधानले विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको भन्दै समाजले मानवीय कामका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको बताइन् । स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले यो अक्षयकोषले केही हद सम्म राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्य र सहयोगमा निरन्तर लागिरहने बताइन् ।

कार्यक्रममा समाजका सल्लाहकार दिपक प्रधानले समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले पठाएको सन्देश पढेर सुनाएका थिए ।
कार्यक्रममा रुपन्देहीका पुर्व सहायक जिल्ला शिक्षा अधिकारी मोतीराज पौडेल, विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, शिक्षक शिवलाल क्षेत्री लगायतले विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालय छनौट गरी अक्षयकोष स्थापना गरेकोमा खुसी व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक थैवले यो कार्यले अति विपन्न विद्यार्थीलाई विद्यालय सम्म ल्याउन उत्साह दिने बताउँदै रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ०१ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८