४ पुस २०८२, शुक्रबार | December 19, 2025

बीएनएलाई दोहोरो सफलता



काठमाडौं । आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४-१२ ले पराजित ग¥यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३-२ ले हरायो । बीएनएका एलेक्स गुरुङले ६ अंक जोडे । सो स्पर्धाको अर्को खेलमा इडेन ब्रिज एकेडेमी ९इबीए० ले लालीगुराँस नेसनल एकेडेमीलाई २०-८ ले पन्छायो । इबीएका निखिल शाहीले १० अंक बटुले ।

सिनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २६-८, एन्जल्र्स हार्टले फेरिल्यान्डलाई २४-१० र लालीगुराँसले नेपाल मोडेललाई ३८-२८ निराश पारे । स्किब्सका युनिकले १०, एन्जल्सका लिजेन क्षेत्रीले १२ र लालीगुराँसका रविन तामाङले १३ अंक जोडे ।

उक्त स्पर्धाकै अन्य प्रतिस्पर्धामा सेबले स्कोरलर्स होमलाई ४८-१७, इबीएले काठमाडौं ग्लोबललाई ३८-६ र ओडिसी इन्टरनेसनल एकेडेमीले युनिभर्सिटीलाई ३०-२२ ले पाखा लगाए । सेबका लोकेन्द्र राउतले १२, इबीएका सौगात खत्रीले ११ र ओडिसीका बेन्जामिन लिम्बूले १४ स्कोर गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ६ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको