१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आँबुखैरेनी पहिरोमा मानवीय क्षतिको आशंका, पुरिएको अवस्थामा कार भेटियो



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ डम्पीमा सडक भासिँदा मानवीय क्षति भएको आशंका गरिएको छ ।
घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार सडकबाट मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको हो ।

कार देखिएपछि गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको उनले जानकारी दिए । कार आबुखैरेनीबाट मुग्लिङतर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र को-को थिए भन्ने खुलेको छैन ।

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा-मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्नसक्ने अवस्था नरहेकाले सवारी साधनहरू जताबाट आएका छन्, उतैतिर फर्काइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : १७ बजे

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण