२ चैत्र २०८२, सोमबार | March 16, 2026

बाघको आक्रमणबाट खेतमा तरकारी टिप्न गएका व्यक्ति घाइते, भैंसी र बंगुर मरे



चितवन । चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ ।

खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन ।

आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका–१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ ९वाईबा०लाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाइतेको अनुहार र घाँटीमा चोट लागेको छ । घाइतेको अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उद्धार गरेको हो ।

उक्त बाघले स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको पाइएको उनले बताए । त्यस्तै, बाघले जितबहादुर थिङको एउटा गाईलाई आक्रमण गरि घाईते बनाएको उनले बताए ।

यसअघि २४ जेठमा भरतपुर महानगरपालिका–२३ की मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । स्थानीय घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका बेला बोटेलाई बाघले आक्रमण गरेको थियो ।

जेठ महिनमा मात्रै बाघले आक्रमण गरेको यो पाँचौ घटना हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनहरु पाटे बाघको मुख्य बासस्थान भएका क्षेत्र हुन् ।

पाँच वर्षअघिको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा पाटेबाघ छन् । गत वर्ष बाघको गणना गरिए पनि बाघको तथ्यांक सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  १० : ३३ बजे

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई