२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पृथ्वीराजमार्गमा सडक भासिँदा दुई जनाकाे मृत्यु, एक जनाको सनाखत



गाेरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरकाे कार र माेटरसाइकल खसेको थियो ।

माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जाेगाएका थिए भने कार मानिससहित पहिराेमा खसेकाे प्रहरीले बताएकाे छ ।

नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेकाे छ । मृतकमध्य एक जना गाेरखाकाे सिरानचाेक गाउँपालिका स्थित छाेप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन् ।

लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : ३१ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच