१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

भारतीय पक्षले सडकका नाममा बाँध निर्माण गरेपछि नेपालमा डुबानको समस्या आएको स्थानीयको गुनासो



नेपालगन्ज । भारतले दशगजा नजिकै सडक बनाउने नाममा बाँध बानेर नेपालमा डुबानको समस्या भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपालगन्जमा बिहीबार नेपाल भारत खुला सीमा संवाद समूह नेपालगन्जले नेपालगन्ज–रुपैडिया जनसम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सीमामा सडक बनाउने नाममा भारतीय पक्षले बाँध बनाएर नेपालमा डुबान हुने गरेको बताए । उनीहरुले भारतीय सवारी नेपालमा सहज भित्रने गरेपनि भारतीय पक्षले नेपाली सवारी साधनको पास बनाउन २ दिन लगाउने गरेको गुनासो गरे ।

नेपाल र भारतका स्थानीय राजनीतिकर्मी, पत्रकार र जनप्रतिनिधिको सहभागितामा गरिएको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख कमरुद्दीन राईले भारतले सीमा नाकामा बनाएको सडकm सडक नभएरबाँधको रुपमा बनाइएको बताए । उनले सोही सडक नाम दिइएको बाँधका कारण नेपालमा डुबानको स्थिति निम्त्याउने गरेको बताए । उनले भारतीय गाडी नेपालमा सहजरुपमा प्रवेश गर्न पाउने तर नेपाली गाडीको लागि पास पाउन २÷३ दिनको समय लाग्ने समस्या देखिएको बताए ।

अन्तरक्रियामा सहभागीहरुले नेपाल–भारत सीमा नाकामा रिक्साको आवात–जावतमा रोक लगाएका कारण जनमानसले सास्ती भग्नु परेको, नेपालगन्जका होटल व्यवसायले सुरक्षाको मापदण्ड प्रयोग नगरेको, खुला सिमानाका कारण अवैध चोरीपैठारी भई रहेको, भारतमा नेपाली गाडीहरुले सहज पास पाउन नसकेको जस्ता समस्या उठाएका थिए ।

त्यसैगरी कार्यक्रमका सहभागीहरुले नेपालगन्जका होटल व्यवसायी र घरधनीले घर तथा कोठा भाडामा दिँदा अनिर्वाय रुपमा परिचयपत्रको नियम लागू गर्नु पर्ने सुझाव दिए ।

नेपालगन्ज र रुपैडियाका जनताले भोगेका समस्याका बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अशोक कोईराला, राप्रपाका नन्दलाल बैश्य, जडिबुटी व्यवसायी रबिन्द्रनाथ शुक्ला लगायतले नेपाल तर्फका समस्याहरु राखेका थिए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  १० : १४ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा