२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

हाइटेन्सन तारमा झुण्डिएका व्यक्तिको १० घण्टा पछि सकुशल उद्दार



काठमाडौं । नुवाकोट ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीए जलविद्युत आयोजनाको हाइटेन्सन तारमा झुण्डिएका व्यक्तिको ११ घण्टापछि सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर बेलकोटगढी नगरपालिका १३ का प्रेमबहादुर (माईला) विकलाई उद्दार गरिएको हो ।

प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले जति प्रयास गर्दा पनि नसकेपछि नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गरी बिकको उद्दार गरिएको हो । सेनाका जवानले टावरबाट चढेर प्रेमबहादुरलाई ओरालेको बताइएको छ ।

नुवाकोटकै बेलकोटगढी गाउँपालिका १३ घलेगाउँका विक आज बिहान १० बजे विद्युत पोलहुँदै नाङ्गो तारमा पुगेका थिए । यसबीचमा प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले गरेको आग्रह इन्कार गर्दै उनी तारमै झुण्डिएर बसेका थिए । प्रेमबहादुर तारमा झुण्डिएर बसेकाले १९ घण्टा त्रिशुली थ्रीए जलविद्युय आयोजनाको उत्पादन बन्द भएको थियो ।

प्रहरीको आग्रहमा दिउँसो एकछिन उत्रिएपनि उनलाई आश्वासन दिइृएको मासुभात बोकेर बिक पुनः टाव।मा चढेका थिए । उनी मानसिकरूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ७ : ३८ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३