१० असार २०८३, बुधबार | June 24, 2026

न्यायमूर्तिकै धर्मकाँटा धर्मर



काठमाडौं । १५ जेठ, २०६५ मा गणतन्त्र स्थापनापछि मुलुकले १३ जना प्रधानन्यायाधीश पाइसकेको छ । उनीहरूले न्यायक्षेत्रको आमूल सुधारको लागि खासै पहल गर्न सकेनन् उल्टै गणतन्त्र स्थापनापछिका सर्वोच्चको धर्मकाँटा सम्हाल्न पुगेका १३ प्रधानन्यायाधीश कुनै न कुनै विवादमा फसिरहे ।

प्रधानन्यायाधीशले नै निष्पक्ष न्याय दिन र सुशासन कायम गर्न नसकेपछि स्वच्छ न्यायालयप्रति जनताको विश्वास घट्दै गयो । न्यायको तराजु समातेर बस्ने न्यायाधीश नै राजनीतिक दलको प्रभावमा पर्दा न्यायालयमा बेथितिको चाङ थुप्रन पुग्यो ।

१५ वर्षमा न्यायालयबाट न्याय प्राप्त गरेको भन्दा हराएको वा बाटो बिराएको महसुस बढी गर्नु परिरहेको छ । संविधानको धारा १ सय २९ कै उपधारा (३) मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्त हुन योग्य हुनेछ’ भनी लेखिएको छ । न्यायालयबाटै भ्रष्टाचार र अनियमिततालाई उन्मुक्ति दिने काम हुँदा अस्थिरतालाई झन् सहयोग पु¥याइरहेको कानुन व्यवसायी तुलसी सिमखडा बताउँछन् ।

सर्वोच्चको प्रधानन्यायाधीश भएपछि धेरैले एउटै प्रतिबद्धता जनाए, न्यायालयमा देखिएको बेथिति अन्त्य गर्ने र भ्रष्टाचार नियन्त्रण । सबैले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाए । तर, प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको एक महिनापछि सर्वोच्चमा बिचौलियाको रजगज हुँदा भ्रष्टाचार र बेथितिको चाङ थुप्रिँदै आएको हो ।

सर्वोच्चमा मुद्दा पेसी व्यवस्थापनदेखि सेटिङ हुने र बिचौलियामा वकिलदेखि पत्रकारसम्म देखिएको भन्ने कुरा सर्वोच्च अदालत आफैंले गठन गरेको न्यायालय शुद्धीकरणका लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको समितिको प्रतिवेदनले समेत औंल्याइसकेको छ । विस्तृत समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : १३ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो