१४ पुस २०८२, सोमबार | December 29, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, सहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र कृषि तथा पशुपक्षी विकास मन्त्रीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठेका प्रश्नका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ ।

बजेटमा मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम आइतबार सकिएको थियो । सरकारले आगामी आवको बजेट १५ जेठमा संसदमा प्रस्तुत गरेको थियो ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ३० बजे

रवि सभापति, कुलमान उपसभापति र बालेन प्रस्तावित प्रधानमन्त्री हुनेगरि सहमति

काठमाडौँ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

काठमाडौं । नेकपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा